पर्वत ।

बैशाख ३१ गते भएको स्थानिउ तहको पहिलो चरण अन्र्तगतको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेले एक नगर सहित ३ गाउँपालिकामा ४ सिट हात पारेको छ भने नेपाली काङग्रेसले १ नगर सहित २ गाउँपालिका आफ्नो कोल्टोमा पार्न सफल भएको छ । बिषेश गरि पर्वतमा नेकपा एमालेले र काङग्रेसको निकै कडा प्रतिस्पर्धा भएको थीयो ।

फलेवास नगरपालिकामा नेकपा एमालेका पदम पाणी शर्माले ६,१०३ मत प्रप्त गर्दै मेयर पदमा बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका गंगाधर तिवारीले ५,६५५ मत प्रप्त गरेका थीए । उक्त नगरपालिकाको उपमेयरमा एमालेकी मञ्जु अधिकारीले ५,९५४ मत प्रप्त गर्दै बिजयी भईन । उनकी प्रतिस्पर्धी नेपाली काङग्रेसकी रेखा गुरुङले ५,६४९ मत प्रप्त गरेकी थीईन ।

महाशिला गाउँपालिकामा नेकपा एमालेका राजु पौडेल २,४५३ मत प्रप्त गर्दै बिजयी भए । उनका प्रतिस्पर्धी नेपाली काङग्रेसका उज्जवल गुरुङले २,०१० मत प्राप्त गरेका थीए । उपप्रमुखमा नेकपा एमालेकी हिरादेवी थापा २,४८२ मत प्राप्त गर्दै बिजयी भईन । उनका प्रतिस्पर्धी नेपाली काङग्रेसकी सृजना मल्ल ठकुरीले १,९९१ मत प्राप्त गनुभएको थीयो ।

बिहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमल भुषालले २,४२० मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका प्रवीण गुरुङले २,२१७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी डम्मर कु. गुरुङ बिजयी हुनुभयो । उहाँले २,३१५ मत प्राप्त गर्नुभयो भने नेपाली काङग्रेसकी बिष्णु कु.ख्डकाले २,२८९ मत पाउनुभयो ।

मोदी गाउँपालिकामा एमालेका प्रेम प्रसाद पौडेलले आफ्नो कोल्टामा ५,६३४ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काङग्रेसका बिश्व प्रकाश प्रशाईले ३,८१९ मत पाउनुभएको थीयो । उपप्रमुखमा एमालेकै सेती महतले ५,३९९ मत प्राप्त गर्दै शानदार जित निकाल्नुभयो ।

निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसकी मिना केसीले ३,८३४ मत पाउनुभयो । कुश्मा नगरपालिकाको मेयर पदमा नेपाली काङग्रेसका रामचन्द्र जोशी बिजयी हुनुभयो । उहाँ ८,०५७ मत प्राप्त गरि बिजयी हुनुभएको हो । जोशीले ८,०५७ मत पाउदा नेकपा एमालेका मेघनाथ सुवेदीले ७,२३९ मत प्राप्त गरेका छन् ।

कुश्मा नगरपालिको उपप्रमुखमा नेपाली काङग्रेसकी सिता काफ्ले लामिछानेले ८,४१९ मत प्रप्त गरि बिजयी हुनुभएको छ ।उहाँकी प्रतिसर््पर्धी नेकपा एमालेकी मुवादेवी शर्माले ७,०२३ मत पाउनुभएको छ । जलजला गाउँपालिकाको प्रमुखमा नेपाली काङग्रेसका याम बा.मल्लले ३,७३३ मत पाउदै बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लाल बा. अधिकारीले ३०६८ मत पाउनुभयो ।

उपप्रमुखमा काङग्रेसकी सिमा पुनले ३,६८८ मत प्राप्त गर्दै बिजयी हुनुभयो । एमालेकी अनिता शर्माले ३,६५७ मत पाउनुभयो । पैँयूगाउँपालिकाको प्रमुखमा नेपाली काङग्रेसका खगेन्द्र तिवारी बिजयी हुनुभयो । तिवारीले ३,४३१ म्त पाउदाँ एमालेका मित्रलाल बस्यालले २,४४५ मत पाउनुभयो ।

उपप्रमुखमा नेपाली काङगे्रसकी जसमति गुरुङले ३,१६८ मत प्राप्त गर्दै बिजयी हुनुभयो भने एमालेकी गोमता कु.शर्माले २,४८४ मत पाउनुभएको थीयो । पर्वतका २ नगरपालिका र ५ गाउँपालिकाका ३७ वडाहरुमा एमाले बिजयी भएको छ भने २० वडाहरुमा काङग्रेस र ४ वडामा माओवादी केन्द्र बिजयी भएको छ ।

17.37¡ÆC