नवलपरासीको मतपत्र परेको नगरकोटमा मतदान सम्पन्न

जेष्ठ ३, २०७४ मा प्रकाशित | 856 views

भक्तपुुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित साविक नगरकोट गाविस भवन केन्द्रमा  मतदान सम्पन्न भएको छ ।

बैशाख ३१ गते निर्वाचन भएपनि उक्त मतदान केन्द्रको बुथ ख मा नवलपरासी जिल्लाको मत परेको र सो मतमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल नभएको कारण चाँगुनारायणको मत गणनामा विवाद भएको थियो ।

नेपाल मजदुर किसान पार्टीले उक्त बुथमा खसेको जम्मा २२ मत बदर गरी पुन निर्वाचन गर्नुपर्ने माग गर्दै आएको थियो ।

यसै कारण बढेको विवाद समाधान हुन नसक्दा सो केन्द्रमा निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार आज सो केन्द्रमा पुन ः मतदान भएको हो ।

८ सय ४० जना मतदाता रहेको उक्त बुथमा आजको मतदानमा ६ सय ८७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ गते मतदानमा सो बुथमा ६ सय ८० मत खसेको थियो ।

चाँगुनारायण नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट राजाराम खड्का, एमालेबाट सोम मिश्र, राप्रपाबाट रविन्द्रप्रताप शाह र नेमकिपाबाट न्हुच्छे फोजु मेयर पदका उम्मेदवार रहेका छन् । यहाँको मतगणना सर्वदलिय बैठकको सहमति अनुसार शुरु  गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web