काठमाडौं ।

बैकल्पिक नयाँ शक्तिका रुपमा उदाएको साझा पार्टीका मेयर उमेद्वार किशोर थापाले मेयरमा ठूला भनिने दललाई मतपरिणाममा टक्कर दिइरहँदा काठमाडौं महानगरपालिकामा एमाले उमेद्वार अझै पहिलो नम्वरमा देखिएका छन् ।

मेयर उमेद्वार बनेका काँग्रेस नेता तथा मन्त्री नविन्द्रराज जोशीका दाजु काँग्रेस उमेद्वार राजुराज जोशी भने तेस्रो नम्बरबाट पहिलो पटक दोस्रोमा उक्लिएका छन् । यद्यपी उनी साझा पार्टीका उमेद्वार भन्दा केवल १८ मतले अघि छन् ।

सँगै पछ्याइरहेकी छिन् नयाँ युवा नेतृत्वको रुपमा उदाएको विवेकशिल नेपालकी रञ्जु दर्शना न्यौपानेले ।

अर्को रोचक र नराम्रो पक्ष भनेको काठमाडौं उपत्यकामै मत बदरको संख्या उच्च देखिएको छ । आठ सय ६४ मत गणना गर्दा मेयर पदको १ सय ७९ मत बदर भएको छ ।

काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम अनुसार एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले २ सय ६९ मत प्राप्त गरि आफुलाई अगाडी उभ्याएका छन् ।

यस्तै दोस्रोमा काँग्रेसका राजुराज जोशीले १ सय ८९ मत पाएका छन् भने काँग्रेस भन्दा थोरै मात्र मत अन्तरले पछि रहेका साझा पार्टीका उमेद्वार किसोर थापाले १ सय ७२ मत पाएका छन् ।

विवेकशिलकी रञ्जुले चौथो स्थानमा रहँदै १ सय ४९ मत प्राप्त गरेकी छिन् ।

यस्तै माओवादी उमेद्वार सर्वोत्तम डंगोल १८ भोटमा सिमित रहँदा उनलाई उछिन्दै बाबुराम भट्टराई र उपेन्द्र यादव फोरमको साझा उमेद्वार बनेका पवित्र बज्राचार्यले २२ भोट पाएका छन् ।

उपमेयरमा भने कांग्रेसका उम्मेद्वार अग्रस्थानमा देखिएका छन् ।

ताजा मत परिणाम अनुसार हरिप्रभा जोशी खड्गीले २ सय १५, एमाले र राप्रपाका साझा उमेद्वार बनेका राप्रपाका राजाराम श्रेष्ठले १ सय ७१, साझाका निरुपमा यादवले १ सय २३ मत प्राप्त गरेका छन् ।

21.56¡ÆC