काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु गरिएको छ । हिजो रातीबाट नै मतगणना गर्ने तयारी गरिएपनि मतपेटीका आउन समय लागेपछि मतगणना केही बेर अघिबाट सुरु गरिएको हो ।

मतगणना प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।

यसैबिच मतगणना सुरु गर्न खन्याइएको मतपेटिकामा आफ्ना प्रतिनिधिले राम्रो काम नगरे फिर्ता बोलाउन पाउनुपर्ने र कुनैपनि उमेद्वार मन नपरे अस्विकृत गर्न पाउने व्यवस्था गर्न माग गर्दै एक पत्र खसालेको भेटिएको छ ।

रिकल र रिजेक्टको व्यवस्था माग गर्दै पत्र खसालेको पाइएको हो । सर्वोच्च अदालतले उमेद्वारलाई अस्विकृत गर्न पाउने जनताको अधिकार सुरक्षित पार्न निर्देशन दिएपनि त्यसको बेवास्ता गर्दै पहिलो चरणको स्थानिय निर्वाचनमा यसको व्यवस्था गरिएको छैन ।

20.14¡ÆC