पोखरीको जग्गामा पनि भुमिसुधार प्रमुख उप्रेतीद्धाराद्धारा मोही कायम

जेष्ठ १, २०७४ मा प्रकाशित | 600 views

बारा ।

पोखरी कायम रहेको जग्गामा पनि भुमिसुभार कार्यालयले मोही कायम गरेकोमा जग्गाा धनी चिन्तीत बनेका छन्् । रिपोर्टस क्लव नेपालमा आफनो कुरा राख्दै यस्तो गुनासा गर्नु भएको छ ।

भुमिसुधारका कर्मचारीहरु  गाउमा नगई,  सरजमिन मुचुल्का नउठाई डोर समेत नखटाई पुर्वाग्राही रुपमा भुमिसुधारका प्रमुख रामकृष्ण उप्रेर्तीले साबित पिप्राबिर्ता गाबिस वार्ड न ५ बस्ने ओमप्रकाश शुक्ल, ठाकुर शुल्क र चुमन शुक्लको नाममा दर्ता रहेको किता न  ७७ को जग्गा १ बिगहा १८ कठामा रहेको पोखरीको जग्गामा पिप्राविर्ता ६ का दिनेश्वर राउत कुर्मीको नाममा मोही कायम गरेको पिडित ओमप्रकाश शुक्लले दुखेसो गर्नु भयो । बिगत ४ बर्ष देखि मुदा चल्दै आएकोमा करिब २ हप्ता अगाडी  भुमिसुधार प्रमुख उप्रेर्तीले सो फैसला गर्नु भएको थियो ।

मालपोत कार्यालयले २०७१ साल बैसाख ८ गतेका दिन  हाल भुमिले कायम गरेको मोही जग्गामा माछा पोखरी रहेको भनी प्रमाणित समेत गरेको, २०७० साल पुस महिनाको २१ गते गाबिस पिप्राविर्ताकोे तत्कालिन सचिव लक्ष्मी चौधरीले दर्ता चलानी नम्बर ०७०/७१/२५ को सिफारिसमा भुमिसुधारले कायम गरेको मोहीको सो जग्गा माछा पोखरी रहेको सिफारिस गरेको समेत वलियो अधार हुदा हुदै केको अधारमा प्रमुख उप्रेर्तीले मोही कायम गर्नु भएको शुक्लले प्रशन पनि गर्नु भयो ।

सो जग्गामा २०६६/६७ सालमा जिल्ला कृर्षी बिकास कार्यालयले दिएको अनुदानबाट पोखरी खनेको कागजपत्र समेत बुझाउदा पनि हाम्रो कागजहरुको मान्यता नदिई एकपक्षिय रुपमा भुमिसुधार अधिकृत उप्रेर्तीले राउतको नाममा मोही कायम गर्नुले आफुहरुलाई मर्माहत बनाएको गुनासो गर्नु भयो । सोही जग्गालाई २०७२ साल भदौ २ गते दर्ता चलानी २०७२/७३/१०३ को नक्कली पिप्राविर्ता गाबिसको लेटरपैड प्रयोग गरी जोतहा जग्गारहेको र सो जग्गामा माछा पोखरी नरहेको सिफारिस पेश गरेर  मोही कायम गरेको हुदा छानविन गर्न माग शुक्लले गर्नु भयो ।

त्यती मात्र नभई संगीता शुक्लको नाममा रहेको सो जग्गा हामी तीन दाजुभाईको नाममा दर्ता गर्दा भुमिसुधारले ३५ दिनको सुचना समेत निकाली हकदावी गर्न सुचना प्रकासित गरे पनि सो अवधीमा कुनै कसैले हक दावी नगरेको र २० बर्ष पछि कसरी एकाएक मोही हो भने हक दावी राउतले गरे अर्का जग्गा धनी चुमन शुक्लले दावी गर्नु भयो । यता भुमिसुधार प्रमुख उप्रेर्ती संग बुझदा आफुले अधारप्रमाण सहित कागजपत्रको अधारमा नियम संगत मोही कायम गरेको दावी गर्नु भयो । संगीता शुक्ला  तीन दाजुभाई ओमप्रकाश, ठाकुर र चुमनका आमा हुनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web