काठमाडौं ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत हिजो निर्वाचनसम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका  मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।

प्रदेश नम्वर तीनका ८, प्रदेश नम्वर ४ का २५ र प्रदेश नम्वर ६ का ५१ स्थानमा मतपेटीका संकलनको काम भइरहेको जनाइएको छ ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मपेटिकाहरु ढुवानीको क्रममा आइतबार एक समूहले मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु  भएको आयोगले जनाएको छ ।

घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको र घाइते भएकालाई उपचारार्थ हेलिकोप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ ।

मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ ।

काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाबाहेक सबै स्थानीय तहकोमतगणना सुरु भएको छ ।

काठमाडौं महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ ।

कालिकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

16.6¡ÆC