कालिकोट ।

कालिकोटमा आज आंशिक घटना बाहेक शान्ति पुर्ण रुपमा मतदान कार्य जारि रहेको छ ।

बिहान ७ बजे देखि सूरु भएको प्रक्रियाशान्ति पुर्ण रुपमा संन्चालन भईरहको गाउँगाउँबाट निर्वाचन मतदान अधिकृतहरुले जनाएका छन ।

बिप्लब माओबादीको प्रभाव रहेको कालिकोटको राष्कोट क्षेत्रको फुकोट गाबिसमा भने एक बिहानै बिप्लव माओबादीका कार्यकर्ताले बम बिष्फोट गराएका थिए ।

मतदान केन्द्र भन्दा एक किलोमिटरको दुरीमा पर्ने फुकोट गाबिसको बगाने खोला नजिक बंम बिष्फोट गराएको जानकारि प्राप्त भएको कालिकोट प्रमुख जिल्ला अधिकारी गिरीधारी सुबेदीले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्लाका अन्य केही भेकमा पनि साना साना बिष्फोट गराएको आवाज सुनिएको बताउनु भयो ।

यद्यपी जिल्लाका १०७ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा पतदान प्रक्रीया भने जारी रहेको जिल्ला अधिकारी सुवेदीले बताउनुभयो

15.65¡ÆC