सुर्खेत ।

सुर्खेतमा आज विहानै ७ बजेदेखि शुरु भएको स्थानीय तहको निर्वाचनमा हालसम्म औसत ४० प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन अधिकृत सुनिता थापाले जिल्लाभरी शान्तिपूर्ण, उत्साहजनक रुपमा अहिले १२ बजेसम्म औसत ४० शतशत भन्दा बढी मतदान खसेको जानकारी दिनु भयो ।

उहाँले प्रचण्ड गर्मीबाट बच्न मतदाता मतदान केन्द्रमा विहानै ५ बजेदेखि लाईनबद्ध रहेको बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन् ।

९ स्थानीय तह रहेको सुर्खेतमा १३८ मतदान स्थलका २४० मतदान केन्द्र राखिएको छ । एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १९ दलका दुई हजार १० उम्मेदवार चुनावी मैदानमा छन् ।

नौ तहबाट पाँच सय १३ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले खटिएका छन् ।

अप्रिय घटना हुन नदिन सुर्खेतमा सुरक्षा व्यवस्था कडा परिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहनकुमार आचार्यले जानकारी दिनु भयो ।

सुर्खेतका सर्वसाधारणले आफ्नो गाउँ र टोलको विकासका लागि कटिवद्ध नेतृत्व ल्याउनकै लागि मतदान गरेको बताउनु भएको छ । अब आउने नेतृत्वले कम्तिमा साच्चै नमूना गाउँ बनाउने साहस गर्नेमा आफूहरु विश्वस्त रहेको युवाहरुले बताएका छन् ।

17.17¡ÆC