गोरखा ।

तिब्बतसंग सीमाना जोडिएको गोरखाको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ ।

चुमनुब्री गाउँपालिका वडा नं. १ को उक्त मतदान केन्द्रमा ७१ जना मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक जना मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो ।

स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान नौ बजे सम्पन्न भएको थियो ।

यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत बिद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ ७३ जना मतदाता रहेका थिए ।

१०४ बर्षे बृद्धद्वारा मतदान

गोरखा नगरपालिका ११ का १०४ बर्षिय नन्दबहादुर पौडेलले आज भइरहेको स्थानीय तहको निर्वाचनमा चन्द्रज्योति प्राथमिक बिद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

पौडेल लौरी टेकेर मतदान केन्द्रसम्म आइपुगेका स्थानीय किशोरजङ्ग थापाले जानकारी दिनुभयो ।

मतदान शान्तिपूर्ण

आज भइरहेको स्थानीय तहको निर्वाचनमा गोरखाका एघारवटै स्थानीय तहमा शान्तपूर्वक मतदान प्रक्रिया अघि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छिटपुट घटनाबाहेक शान्तिपूर्ण तवरले मतदान चलिरहेको हो । गोरखा नगरपालिका ७ को नवज्योति माबि डण्डीडाँडा केन्द्रमा एमाले र नेकपा माओबादीका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भएको थियो ।

यस्तै गोरखा नगरपालिका ६ स्थित सरस्वति माबि मतदान केन्द्रमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भएपनि मतदान प्रक्रिया निर्वाध रुपमा चलिरहेको छ ।

18.16¡ÆC