लीलंका ।

श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति बिधादेबी भण्डारीको सम्मानमा शनिबार राती श्रीलंका सरकारकार तर्फबाट राजधानी कोलम्बोमा सांस्कृतिक कार्यक्रमसहित रात्रीभोजको आयोजना गरियो ।

कोलम्बोस्थित नेलम पोकुना थेटरमा आयोजित कर्यक्रममा सहभागी हुन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई उहांका समकक्षी श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्बागत गर्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो ।

कार्यक्रममाःश्रीलंकाका सभामुख खरु जयसुर्यासंगै न्याय तथा बुधशासन मंत्री बिजयादाशा राजापाक्षे,बैदेशिक मामिला तथा रोजगार मंत्री थालथा अथुकोराला र उपबिदेश मंत्री डा.हर्सा डिसिल्भा लगायत श्रीलंका स।कारका उच्च अधिकारीहरु र श्रीलंकाकास्थित बिदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी श्रीलंकाको क्यान्डीमा भईरहेको बुद्ध पूर्णिमा यू एन बैशाख दिबसको आज हुने समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनुहुनेछ ।

14.93¡ÆC