मौन अवधिमा गगन थापा नै झण्डावाल गाडी चढेर भोट माग्दै हिँड्दा कपनमा विवाद

बैशाख ३०, २०७४ मा प्रकाशित | 1111 views

काठमाडौं ।

स्वास्थ्यमन्त्री गगन थापाले निर्वाचन आचार संहिता उल्लंघन गर्दै निर्वाचनको एकदिन अघि घरघरमा मत माग्दै हिँडेपछि काठमाडौं कपनमा विवाद भएको छ ।

काँग्रेस नेता तथा मन्त्री समेत रहेका थापा झण्डावाल सरकारी गाडी चढेर मौन अवधिमा भोली हुने स्थानिय निर्वाचनको लागि आफ्ना स्थानिय नेताको लागि घरघरमा पसेर मत माग्न थालेपछि अन्य दल आवद्ध कार्यकर्ताले बिरोध गरि उनलाई त्यहाँबाट फिर्ता पठाएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले शनिबार विहान कपन जोरधारामा मत माग्दै हिंड्न थालेपछि स्थानियको भिड लाग्न थालेको थियो ।

मन्त्री थापा झण्डावाल गाडी चढेर बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित ठूलो समुहमा मत माग्दै हिँडेका थिए ।

मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि अन्य दल आवद्ध स्थानिय नेता कार्यकर्ताले थापालाई रोकेर बिरोध जनाएका थिए ।

तर थापाले आफुले घरघर पसेर मत माग्न पाउने जिकिर गर्दै उल्टै आफु आउँदा र मत माग्दा किन डराएको भन्दै आफ्नो मत माग्ने कामको बचाउ गरेका थिए ।

स्थिति तनावग्रस्त बन्ने देखेपछि उनि गाडी चढेर त्यहाँबाट बाहिरिएका थिए । सो क्रममा थापा चढेको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web