काठमाडौं ।

काठमाडौं उपत्यकाको महत्वपूर्ण सम्पदा काष्ठमण्डपको पुनःनिर्माण समुदायकै सहभागितामा हुने भएको छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका(कामपा)ले सहयोग गर्ने सम्झौता भएको छ ।

समुदायका तर्फबाट काष्ठमण्डप पुनःनिर्माण अभियानले काठमाडौँको नामकरण भएको ऐतिहासिक स्थलको पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्नेछ ।

प्राधिकरणमा आज आयोजित कार्यक्रममा ती निकायबीच दुई वर्षमा निर्माण गरिने १५ बुँदे महत्वाकांक्षी सम्झौता गरिएको हो ।

20.28¡ÆC