सिरहा अञ्चल यातायात कार्यालय बम विस्फोटको जिम्मा भूमिगत समुहले लियो

लहान ।

सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा भएको शक्तिशाली कुकर बम विष्फोटको जिम्मा भारतीय भूमिमा सबेर नेपालमा आतंक मञ्चाउँदै आएको अखिल तराई मुक्ति मोर्चा नामको समुहले लिएको छ ।

बम विष्फोटले कार्यालय भवन भित्र रहेका विभिन्न फाटका वालमा चिरा पर्नुका साथै झ्यालका शिशाहरु फुटेको छ । बम कार्यलयको सार्वजानिक शोचालायमा रखिएको थियो।शोचालय यातायात कार्यलयको पहिलो तल्लामा रहेकोले ठुलो आवाजमा विष्फोट भएको थियो।

यातायात कार्यलयका प्रमुख ओमकार प्रशाद  न्यौपानेका अनुसार बम विष्फोट विहिबार करीव अपरान्ह १२ बजेको समयमा भएको थियो।

बम विष्फोटका कारण कार्यलयको सम्पूर्ण कामकाज ठप्प भएको छ। विष्फोटका कारण त्यहाका कर्मचारीहरु संगै आसपासका स्थानीयवासीहरु समेत त्रसित भएका छन् ।

यसै बीच ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेका अनुसार स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा निर्वाचन बिथोल्ने धम्की दिइरहेको तराईमा सशस्त्र गतिविधि गरिरहेका जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले बम विष्फोटन गराएको जिम्मा लिएको बताए।

प्रतिक्रिया

TOP