सल्यान ।

अज्ञात समूहले पार्किङ्घ गरेर राखेका सवारी साधनमाथि आगजनी गरेको छ । नेकपा एमाले वागचौर नगरकमीटीले प्रचार प्रसारका लागि प्रयोग गरेका वोलेरो जिप र मोटरसाइकलमा आगजनी गरिएको हो ।

बिहिवार राती वागचौर नगरपालिका २ वागचौरमा रहेको सनलाइट होटेल अगाडी पार्किङ्घ गरेर राखेको भे १ च १५६२ नम्वरको वोलेरो जिप र रा ३ प ६९९८ नम्वरको मोटरसाइकलमा आगो अज्ञात समूहले आगजनि गरेको हो । आगलागीबाट जिप तथा मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धा भई रहेको र घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिनुभयो ।

नेकपा एमाले वागचौर नगरकमीटीले प्रचार प्रसारका लागि प्रयोग गरेका वोलेरो जिप र मोटरसाइकल प्रयोग गर्दै आइरहेका थिए ।

यसैवीच घटनामा संलग्न दोषीहरुलाई कारवाहीका लागि प्रहरीले खोजी नगरेको भन्दै एमालले आपत्ती जनाएको छ । सवारी साधनमा आगो लाग्न वित्तिकै प्रहरीलाई खवर गरेको भएपनि घटनास्थलमा प्रहरी नपुगेकोले दोषीहरु उम्केको एमालेको आरोप छ ।

15.36¡ÆC