माओवादीले एमाले कार्यकर्ता हत्या गरेपछि दोलखामा तनाव, ४१ जना पक्राउ

बैशाख २८, २०७४ मा प्रकाशित | 958 views

दोलखा ।

निर्वाचन प्रचारका विषयमा भएको सामान्य विवादमा माओवादी केन्द्रका नेता कार्यकर्ताले एमाले कार्यकर्ता हत्या गरेपछि स्थिति थप तनावग्रस्त बन्ने देखिरहँदा प्रहरीले कम्तिमा ४१ जनालाई पक्राउ गरेको छ ।

स्थानिय तह निर्वाचनको पुर्वसन्ध्यामा दोलखा प्रहरीले ४१ जना अपरिचित युवाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

मंगलवार दोलखाको जुँगुमा भएको घटना सेलाउन नपाउँदै अपरिचित युवाहरुको समुह सदरमुकाम प्रवेश गर्न लागेपछी नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी प्रमुख रविन कार्कीले जानकारी दिए ।

पक्राउ पर्ने युबाहरुको एक ठुलो बस र ९ वटा मोटरसाईल समेत नियन्त्रणामा लिएको बताएइको छ  । प्रहरीले  उनिहरुले चढेर आएको  यात्रु बाहक बस र बा १६ च ४७४४ नम्बरको स्करपियो गाडी पनि नियन्त्रणमा लिइएको छ । अहिलेसम्म प्रहरीले कुन पार्टीले ल्याएका युवाहरु हुन् भन्ने बताएको छैन ।

एमाले कार्यक्रताको मृत्यु हुने गरि भएको घटनापछि प्रतिरक्षात्कम अबस्थामा पुगेको एमालेले युवाहरु ल्याएको हुन सक्ने आशंका सर्बसाधरणले गरेका छन् ।

युवाहरुलाई आबश्यक अनुसन्धान पछी रिहा गर्ने अथवा आबश्यक कार्वाही प्रक्रीया अगाडी बढाउने प्रहरीले जनाएको छ ।

एमाले कार्यकर्ताको माओवादी कार्यकर्ताको आक्रमणबाट मृत्यु भएको घटनापछि भने स्थानिय क्षेत्रमा माओवादी समर्थीत युवाहरुले गाउँ छाड्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web