काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको पुष्टि भए आफू दण्डित हुन तयार रहेको बताउनुभएको छ ।

प्राधिकरणमा आज आयोजित पत्रकारसम्मेलनमा आगामी हिउँदमा नियमितरुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ भारत सरकारको सरकारी स्वामित्वको इनर्जी एफिसेन्सी सर्भिस लिमिटेडबाट नौ वाट क्षमताको बल्ब खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

४७ अर्बको विद्युत् जोगाउनका लागि एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले विद्युतको बढ्दो मागलाई सम्बोधन गर्नका लागि हाल करिब ३५ लाख ग्राहकले प्रयोग गरिरहेका सिएफएल र साधारण बल्ब प्रतिस्थापन गर्ने गरी लिड बल्ब प्रयोगमा ल्याउनुपर्ने आवश्यकता देखिएको बताउनु भयोे ।

एलइडी बल्बको प्रयोगले करिब दुई सय मेगावाट विद्युत् माग घटाई करिब पाँच अर्ब बराबरको विद्युत् आयात घट्ने उहाको दावी थियो ।

विद्युत् लोड व्यवस्थापनका लागि नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयन्त्रले विभिन्न समयमा गरेका निर्णयअनुसार दुई मुलुकबीचका सरकारी तहबाट बल्ब खरिद बिक्री प्रक्रिया अघि बढाइएको र अन्तराष्ट्रिय अन्तरसरकारी संस्थासँग सो संस्थाले तोकेको दरमा मालसामान वा सेवा खरिद गर्नु परेमा सोझै खरिद गर्न सकिने’ व्यवस्था भएअनुसार प्रक्रिया अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

एलइडी बल्ब प्रतिबल्ब ६५ भारुमा किनेर प्राधिकरणले १०४ मा भ्याट, भन्सार र करिव १० प्रतिशत सेवा शुल्क लिएर १३५ देखि १४० मा ग्राहकलाई बेच्ने प्रस्ताव गरेको छ ।

पत्रकार सम्मेलनमा गम्भिर मुद्रामा उपस्थित घिसिगं केही समय भावुक भएर भक्कानिनु भएको थियो ।

घिसिगंले सो क्रममा भन्नुभयो ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई दिन लागिएको हो । यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’

घिसिगंले थप प्रष्ट पार्दै भन्नुभयो टेण्डर आहृवान गरेर फिलिप्स र ओसन ब्राण्ड लिन सकिँदैनथ्यो ।’

‘हामी स्पष्ट गर्न चाहान्छौं की प्राधिकरण ब्यापार गर्दै छैन । लिडको प्रयोगमा प्रोत्साहन गरेपछि बजारमा यसको माग स्वतः बढ्छ’ कुलमानले थप्नुभयो ’हामीले उपलब्ध गराउने कम्पनीका बल्ब धेरै महंगो पर्ने भएका कारण बजारमा बेच्नै नराखिँदो रहेछ । हामीत्यो सस्तोमा दिँदैछौं । बजारमा उपलब्ध बल्बहरु सबै गुणस्तरीय छैनन् । यहाँ त ९ वाटका भनिएका बल्ब पनि १८ वाट बिजुली खाने खालका पनि छन् । यो हुँदा उपभोक्ता पनि ठगिए, हाम्रो लक्ष्य पनि पुरा नहुने भयो ।’

हिजो कान्तिपुर दैनिकले भारतमा न्युन मुल्य पर्ने बल्ब प्राधिकरणले महंगोमा किनेर बेच्न लागेको र यसमा अनियमितता भएको भन्ने आशयको समाचार प्रकाशित गरेपछि यसमा सर्वत्र बिरोध र विभिन्न प्रतिक्रियाहरु भइरहेका छन् ।

16.42¡ÆC