ठगी अभियुक्तलाई सचिव बनाउन मन्त्री प्रेमबहादुर सिंहले मुख्य सचिवलाई नै झम्टिए

बैशाख २५, २०७४ मा प्रकाशित | 1180 views

काठमाडौं ।

काठमाडौंका पेट्रोलपम्प मालिकसँग मिलेर रिमोट बिगार्दै उपभोक्ता ठग्नेकाममा संलग्न अभियुक्तलाई सचिव बनाउन विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले मुख्य सचिवमाथि हात हाल्ने प्रयास गरेका छन् ।

मन्त्रीपरिषदको बैठकमै मन्त्री सिंहले नाकाबन्दीका समयमा पेट्रोल पम्पमा रिमोट चलाएर ठगी गर्ने गिरोहका नाईकेका रुपमा पक्राउ परेका साह जो जिल्ला अदालतबाट छुटेका थिए उनलाई आफ्नो मन्त्रालयमा सचिव बनाउन मुख्य सचिवले राखेको भन्दै हातहाल्ने प्रयास गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा सिंहले सहसचिव रामआधार साहलाई प्रशासन समूहमा ल्याउन प्रस्ताव मात्र गरेनन् प्राविधिक समूहका विवादास्पद साहलाई जसरी पनि ल्याउन बल नै प्रयोगको प्रयास गरे ।

मुख्य सचिव सोमलाल सुवेदीले उनि प्राविधिक समुहका भएको भन्दै नमिल्ने हुँदा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गर्न नमिल्ने बताएका थिए । सुवेदीले प्राविधिक समूहमा नै जनशक्ति अभाव रहेको भन्दै उनले साहलाई प्रशासन समूहमा ल्याउन अस्विकार गरेका थिए ।

मुख्य सचिवलाई तपाई चुप लाग्नुस् भन्दै हप्काएका मन्त्री सिंहलाई साथ दिंदै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी समेथ जंगिएका थिए ।

सरुवा गनुपर्नेभए परामर्शका लागि लोकसेवा आयोगमा पठाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा बताएपछि मन्त्री सिंहले बोकेर ल्याएको प्रस्ताव दिएका थिए ।

सामान्य प्रशासन मन्त्रालयको विवादास्पद उक्त प्रस्तावमा मन्त्रालयका सचिवले समेत हस्ताक्षर नगरेपछि मन्त्री आफैंले हस्ताक्षर गरेका छन् ।

प्राविधिक सेवा समूह अन्तर्गत रहेका विवादास्पद साह यही सेवाबाट सचिवमा पदोन्नती भए विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य लगायतका मन्त्रालयमा मात्र काम गर्न पाउँछन् ।

तर, प्रशासन सेवा समूहमा आउँदा बरिष्ठताका आधारमा चाँडै सचिव बन्ने भएपछि उनले मन्त्रीलाई खुशी पारेर पदोन्नती चाँडो खाने बाटो बनाएको देखिएको छ ।

साह गुणस्तर तथा नापतौल विभागको प्रमुख रहेको बेलामा पम्पहरूमा डिजिटल प्राविधि सुरु भएको थियो । तर उनले पम्प मालिकहरुसँग मिलेमतो गरेर पम्पहरुमा रिमोट जडान गरेर उपभोक्ता ठग्ने गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो ।

कालोबजारी तथा ठगीको मुद्दामा केही समय थुनामा रहेपनि जिल्ला अदालतबाट सफाइ पाएपछि पुनः जागिरमा फर्किएका साह सरकारी सेवामा प्रवेश गरेको छोटो समयमै मनग्य आम्दानी गर्ने सहसचिवहरु मध्येमा पर्ने सरकारी कर्मचारीहरुनै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web