धनगढी ।

पक्राउ परेका बिधार्थी नेताको रिहाइ माग तथा शुल्क बृद्धिको बिरोध गर्दै नेकपा माओवादी बिप्लव निकट अखिल क्रान्तिकारीले आज देखि कैलालीमा शैक्षिक हडताल आह्वान गरेको छ ।

अखिल क्रान्तिकारीको हडतालका कारण आज कैलाली स्थित सरकारी तथा नीजि बिद्यालय बन्द रहेका छन् ।

बन्दका कारण पठनपाठन प्रभावित भएको छ । लगातारको बिद्यालय बन्दका कारण बिद्यार्थी मारमा परेका छन्

कैलालीमा बैशाष दोस्रो साता सयुक्त बिद्यार्थी संगठन र तेस्रो सातामा निजी बिद्यालय संचालक र आजदेखि अखिल क्रान्तिकारीले शैक्षिक हडताल गरेपछि अन्यौल सृजना भएको अभिभावकहरुको भनाई छ ।

एक साता अघि प्रहरीले बिद्यार्थी नेता रमेश साउदलाई पक्राउ गरेको थियो ।

26.12¡ÆC