भक्तपुर ।

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा भीषण आगलागी भएको छ । स्थानीय इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बली आगलागी सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रबत्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको बताउनुभयो ।

ती घरमा दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार,इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको थियो ।

बिहान २ः३० बजेदेखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुर, काठमाडौँ, ललितपुर र नेपाल प्रहरीका गरी छवटा दमकलले दिउसो १२ बजेमात्र आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतीको पूर्ण बिवरण आउन बाँकी रहेको छ ।

17.29¡ÆC