अत्तरिया कप महिला टि-२० मा राईजिङ्ग काठमाडौं र मिलन क्रिकेट झापा बिजयी

बैशाख २३, २०७४ मा प्रकाशित | 956 views

कैलाली ।

राईजिङ्ग क्रिकेट वुमन काठमाडौँले लगातार दोस्रो जित हात पार्दै कैलालीको अत्तरीयामा जारी अत्तरीया कप महिला टि २० क्रिकेट प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा राईजिङ्ग क्रिकेट वुमनले बारा वुमन क्रिकेट क्लबलाई १ सय ३० रनले पराजित गर्दै समूह बि बाट बिजेताको रुपमा सेमिफाईनलको यात्रा तय गरेको थियो ।

यस खेलमा राईजिङ्ग क्रिकेट वुमनका लागि ९८ रनको योगदान गर्ने बंगलादेशी खेलाडि सहनाज प्रविण प्लेएर अफ दि म्याच घोषित भएकी हम्रा कैलाली समाचारदाता जगत साउदले जनाएका छन् ।

सहनाजले प्लेएर अफ दि म्याचका लागि ३ हजार रुपैँया पुरस्कार प्राप्त गरेकी थिईन् ।

यसैगरि अत्तरीयामा शनिबार नै भएको दोस्रो खेलमा विजयी भएको मिलन क्रिकेट एकेडमी झापा समूह ए को उप विजेता हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । मिलन क्रिकेट एकेडमी झापा कञ्चनपुर ११

मिलन क्रिकेट एकेडमी झापाले कञ्चनपुर ११ लाई रनले २७ पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।

यस दोस्रो खेलको प्लेएर अफ दि म्याच घोषित हुन सफल मिलन क्रिकेट एकेडमीकी रितु जैनले ३ हजार रुपैँया प्राप्त गरेकी थिईन् ।

अब मिलन क्रिकेट एकेडमिले सेमिफाईनलमा सशस्त्र प्रहरीको ए पि यफ क्लब संग खेल्ने छ ।

बालीका केसीले वुमेन्स फ्रेन्डिसप म्याराथन दौड प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन् ।

फ्रेन्ड्स् अफ लाजिम्पाट नामक संस्थाद्वारा शनिबार बिहान काठमाडौँको लाजिम्पाटमा आयोजित म्याराथनमा मिना घलेले दोस्रो र देवी कला गुरुङ्गले तेस्रो स्थान प्राप्त गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमस २० हजार, १५ हजार र १० हजार रुपैँया प्राप्त गरेका थिए ।

म्याराथनमा करिब ४ सय ५० जना महिला तथा बालीकाहरुको सहभागिता रहेको थियो ।

दौड प्रतियोगिताको उद्घाटन उपराष्ट्रपटि नन्द बहादुर पुनले एक कार्यक्रमकाबिच गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web