काठमाडौं ।

सगरमाथा आरोही मिनबहादुर शेरचनको ८६ वर्षको उमेरमा निधन भएको छ । ८६ बर्षको उमेरमा सगरमाथा आरोहणका लागि सगरमाथा आधारशिविर पुगेका शेरचनको त्यही निधन भएको हो ।

म्याग्दीको भुरुङ तातोपानीका ८६ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचनले गत बर्षमात्र पुनः विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका थिए ।

शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिँडेका थिए ।

शेरचनको आधार शिविरमा ५ बजेर १४ मिनेट जाँदा निधन भएको पर्यटन बिभागले जानकारी दिएको छ ।

आरोही शेरचनको ह्रदयाघातका कारण निधन भएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

शेरचनको आरोहणका लागि 'मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान' नै चलाएर बिभिन्न देशमा आर्थिक सहयोग समेत जुटाउने क्रम चलिरहेको थियो ।

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए । तर उनको रेकर्ड तोड्दै ८० बर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेका थिए । आफ्नो रेकर्ड तोडिएपछि शेरचनले पुन सगरमाथा चढेर आफ्नो रेकर्ड कायम गर्ने घोषणा गरेका थिए ।

शेरचनले ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गरेका थिए ।

यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका थिए ।

आरोही शेरचनले यसपटकको सगरमाथा आरोहण विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि भएको बताएका थिए ।

सगरमाथा शिखर पुन चढ्ने घोषणा गर्दै शेरचनले भनेका थिए ‘मेरो ८६ वर्ष उमेर किर्ते गरेको हो जस्तो लाग्छ । म सगरमाथा चढेरै छाड्छु, केश फुलेको छ, मन फुलेको छैन कि मरेर आउँछु कि चढेर आउँछु, इतिहास कायम गरी राष्ट्रलाई चिनाउन यो उमेरमा मैले सगरमाथा रोजेको हुँ ।’

सगरमाथा चढेर वा मरेर आउने घोषणा गरेका शेरचनको सगरमाथा आरोहण नथाल्दै निधन भएपछि बढी उमेरमा सगरमाथा चढ्ने रेकर्ड नेपालको नाममा राख्ने यात्रा अधुरो रहन गएको छ ।

'हार्दीक श्रद्धाञ्जली सगरमाथा आरोही मिनबहादुर शेरचन'

16.42¡ÆC