म्यादी प्रहरी शान्तिसुरक्षाको लागि परिचालित

बैशाख २३, २०७४ मा प्रकाशित | 868 views

जनकपुरधाम ।

चुनावका लागि भर्ना भएका म्यादी प्रहरीहरुलाई धनुषाको शान्ति सुरक्षा सहितको कामकाजमा परिचालन गरिएको छ ।

धनुषामा भर्ना भएका २ हजार ५ सय ५५ जना म्यादी प्रहरीलाई विभिन्न प्रहरी चौकीहरुमा खटाएर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा भएका नेपाल प्रहरी तथा केही शसस्त्र प्रहरीहरुलाई प्रदेश नम्बर ३ को पहाडी जिल्लामा वैशाख ३१ गते हुने चुनावका लागि काजमा खटाएका कारणले शान्ति सुरक्षाका लागि बाँकी भएका प्रहरी संगै शान्ति सुरक्षाको लागि परिचालन गरिएको पनि धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले बताउनु भयो ।

दोश्रो चरणको लागि चुनाव हुने तँराई मधेशको जिल्लाहरुमा विस्तारै चुनावको सरगर्मी पनि बढ्न थालेको भएपनि केन्द्रमा पछिल्लो पटक उत्पन्न भएको राजनीतिक वातावरणका कारणले आम जनता अहिले पनि अन्योलमा नै रहेका छन् ।

धनुषामा म्यादी प्रहरी १० दिन देखि नै परिचालित रहेको भएपनि आज देखि निलोरङ्गको पोशाकमा सडक पेटीहरुमा पनि खटेका देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web