यो साता सेयर बजार परिसुचक बढ्यो, कारोबार भने घट्यो

बैशाख २३, २०७४ मा प्रकाशित | 953 views

काठमाडौं ।

यो साताको नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा २.४० अंकले बढेर अन्तिम दिन १ हजार ६सय ५३.१८ अंकमा पुगेको छ ।

परिसूचक बढे पनि यो साताको कारोवार भने गत साताको भन्दा ४०.२६ प्रतिशले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार २७ हजार ७०६ कारोबारहरुबाट तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यो साता  समूहगत परिसूचक तर्फ व्यापार समूह बाहेक अन्य सबै समूहको कारोवारमा सुधार भएको छ  ।

यो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड र कारोबार संख्याको आधारमा अरुण काबेली पाबर लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web