चितवनमा भेटिएको पेट्रोल बम निष्क्रिय

बैशाख २३, २०७४ मा प्रकाशित | 716 views

चितवन ।

भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि खाली चौरमा बम भेटिएको हो ।

बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहनु भएकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिइराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले चितवनमा अहिलेसम्म विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web