काठमाडौं ।

वरिष्ठ अधिवक्ता एवं कानूनविदहरुले प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध लगाइएको महाअभियोग प्रस्तावका सम्बन्धमा सर्वाेच्च अदालतबाट हिजो भएको अन्तरिम आदेश स्वागतयोग्य भएको बताउनु भएको छ ।

सर्वाेच्चको अन्तरिम आदेशले संबिधानको सर्वाेच्चता, कानुनी शासनको सम्मान र न्यायपालिकाको सर्वाेच्चताको सम्मान भएको छ भन्दै उहांहरुले, सर्वाेच्चको अन्तरिम आदेशबाट विधायिका र कार्यपालिका माथि हस्तक्षेप नभएको बताउनु भयो ।

न्यायपालिका तथा लोकतन्त्र बचाउ अभियानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पुर्व महान्यायाधीवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीे, संबिधानविद निलाम्बर आचार्य, वरिष्ठ अधिवक्ताहरु श्रीहरि अर्याल, रामप्रसाद श्रेष्ठ, शम्भु थापा, कानुनविद डा. सुरेन्द्र भण्डारी, नेपाल वार एशोसियसनका उपाध्यक्ष अधिवक्ता उषा मल्ल लगायतका वक्ताहरुले, सर्वाेच्चको अन्तरिम आदेशबाट संसदको अपहेलना र संसदको क्षेत्राधिकार माथि हस्तक्षेप नभएको बताउनुभयो ।

17.09¡ÆC