राष्ट्रसंघद्धारा प्रधानन्यायाधिशमाथि प्रतिशोधपूर्ण महाअभियोगको बिरोध

बैशाख २२, २०७४ मा प्रकाशित | 1064 views

काठमाडौं ।

संयुक्त राष्ट्रसंघले नेपालमा सरकारले प्रधानन्यायाधीशलाई प्रतिशोधका आधारमा महाअभियोग लगाएको भन्दै आलोचना गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले प्रधानन्याधीशमाथि राजनीतिक पूर्वाग्रहका आधारमा महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् ।

यस्तो कदमले नेपालको न्यायपालिकाको स्वतन्त्रतामा बाधा पुग्ने चेतावनी दिंदै उनले न्यायालयको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन् ।

‘म नेपालका अधिकारीहरुलाई न्यायलयको स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्छु र राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव फिर्ता लिन अनुरोध गर्छु’, संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ।

जेदले जारी गरेको विज्ञप्तीमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही राजनीतिकरुपमा संवेदनशील मुद्दालाई फस्र्यौट गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई हटाउने कदमले संक्रमणकालीन न्याय र विधिको शासनप्रति सरकारको प्रतिबद्धताप्रति शंका उत्पन्न गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web