हेटौंडामा ४ जनाले गरे उम्मेदवारी फिर्ता, हेटौंडा र थाहामा काँग्रेस माओवादी गठबन्धन

बैशाख २१, २०७४ मा प्रकाशित | 1077 views

हेटौंडा ।

स्थानीय तहको निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाबाट मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयर पदका ३ जनाले र उपमेयर पदका एक जनाले उम्मेदवारी दिएका एकजनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयर पदबाट उम्मेदवारी फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रका कुमारी मोक्तान तथा स्वतन्त्र उम्मेदवारद्वय भरतबहादुर थापा र ज्ञानबहादुर गोले रहेका छन् ।

यस्तै उपमेयरबाट उम्मेदवारी फिर्ता लिने नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मीदेवी श्रेष्ठ हुन् । हेटौंडाबाट ८ जना स्वतन्त्रसहित १८ जनाले मेयर पदमा उम्मेदवारी दिएका थिए भने उपमेयरमा ४ स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए ।

अब मेयरको लागि हेटौंडामा १५ जनाको वीचमा चुनाव हुनेछ भने उपमेयरको लागि १२ जना चुनावी स्पर्धामा हुनेछन् । यस्तै वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका २ जना स्वतन्त्र उम्मेदवार तथा सदस्य पदका एक उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

हेटौंडा–७ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हेमप्रसाद अधिकारी र १५ नम्बर वडा अध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गणेशबहादुर भुलुनले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ । उम्मेदवारी दर्ताको दिन मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य गरी हेटौंडामा जम्मा ४ सय ९५ जनाले उम्मेदवारी दिएका थिए ।

हेटौंडा र थाहामा काँग्रेस माओवादीको एलायन्स

स्थानीय चुनावको लागि मकवानपुरमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा तालमेल (एलायन्स) हुने भएको छ । निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने दिनको अन्तिम समयमा चुनावमा तालमेल गर्ने गरी काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि एलायन्स हुने पक्का भएको हो ।

उम्मेदवारी दर्ताकै क्रममा तालमेलको संकेत देखिएपनि दुवै दलका जिम्मेवार नेताहरुले यसलाई नकार्दै आएका थिए । हेटौंडा उपमहानगरपालिकामा माओवादी केन्द्रले मेयरमा काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई सहयोग गर्नेछ भने काँग्रेसले माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बलराम बललाई सहयोग गर्नेछ ।

यस्तै थाहा नगरपालिकामा काँग्रेसले माओवादी केन्द्रका मेयर पदका उम्मेदवार लवशेर बिष्टलाई सहयोग गर्नेछ भने उपमेयरमा काँग्रेसका उम्मेदवार खड्ग गोपालीलाई सघाउनेछ । काँग्रेस र माओवादी केन्द्रले हेटौंडा उपमहानगर र थाहा नगरमा मेयर र उपमेयर पदमा मिलाएर एलायन्स गरेको हो । थाहा नगरपालिकामा वडा समेत यी दुई दलले बाँडफाँट गरेको जानकारीमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web