काठमाडौं ।

पहिलो चरणमा वैशाख ३१ गते आइतबार निर्वाचनहुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा मनोनयन भएका उम्मेदवारको आज नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो १ बजेसम्म नामावली प्रकाशन गर्ने र उम्मेदवारले नाम फिर्ता लिनका लागि आजै दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तोकिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

भोलि विहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलिनै विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालय मार्फत उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकोछ ।

वैशाख ३१ गते पहिलो चरणमा १३ हजार ५ सय ५६ पदका लागि हुने निर्वाचनमा ४५ हजार भन्दा बढिको उम्मेदवारी परेको आयोगले जनाएकोछ ।

20.33¡ÆC