काठमाडौं ।

नागरिक अगुवाहरुले प्रतिशोधपूर्ण तरिकाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाएका काँग्रेस र माओवादीलाई तत्काल फिर्ता लिन सुझाव दिंदै ढिलो भएमा यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

स्वतन्त्र रुपमा महाअभियोगको बिरुद्ध सडकमा उत्रिएका नागरिक अगुवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापती शेरबहादुर देउवालाई बेलैमा बुद्धि पुर्याउन भन्दै देशलाई बर्बादी तर्फ नलान सचेत गराएका छन् ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सामाजिक अभियन्ता तथा प्राध्यापक डा. गोविन्द केसी लगायतले बुधबार बसन्तपुरमा भएको सभामा बोल्दै नेताहरुले विवेक र धर्म छाडेको भन्दै पाप धुरीबाट कराउने चेतावनी दिएका छन् ।

ठूलो ग्राण्ड डिजाइनमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग ल्याइएको भन्दै प्राध्यापक केसीले मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र रहेको टिप्पणी समेत गरे ।

कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग लगाएर कलंकको टीका लगाउने प्रयास भएको भन्दै सामाजिक अभियन्ता केसीले भने-'म दिन नै त तोक्दिँन तर तुरुन्त उहाँको ससम्मान पुनरबहाली भएन भने सत्याग्रह 'अनसन'सहितको आन्दोलन सुरु गर्छु ।’

नागरिक बिरोध सभामा बोल्दै पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले नागरिकलाई महाअभियोगविरुद्ध उत्रन आहृवान गर्दै प्रचण्ड र देउवाले विवेक र धर्म छाडे पाप धुरीबाट कराउने चेतावनी दिंदै भन्नुभयो आज हामीलाई खाने बाघले भोलि तपाईलाई खान्छ ।

सभामा बोल्दै मानवअधिकारकर्मी तथा नागरिक अगुवा कृष्ण पहाडीले दलहरुले महाअभियोगको दुरुपयोग गरेको बताए ।

पहाडीले महाअभियोग महानिरिक्षक र प्रधानन्यायाधिशमा सिमित रहेको नभई ठूलो योजनामा भएको भन्दै अहिले देउवा र प्रचण्ड दंग परेपनि फिर्ता नलिए जनताले नै नेतामाथि महाअभियोग लगाउने चेतावनी दिए ।

नागरिक बिरोध सभामा विभिन्न साहित्यकारहरुले समय सान्दर्भीक कविता सहित विभिन्न नागरिक अगुवाहरुले आफ्नो धारण राखेका थिए ।

स्वस्फूर्तरुपमा आयोजित बिरोध सभामा साझा पार्टी नेपालमा संयोजक रविन्द्र मिश्रको सहभागीता रहेको थियो ।

यसैगरि नागरिक बिरोध सभामा मानव अधिकारकर्मी कृष्ण पहाडी र सुबोध प्याकुरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, इन्दु तुलाधरलगायले भ्रष्टचारको मुद्धामा न्यायपालिकाको सक्रियताबाट आत्तिएर नेताहरुले न्यायपालिका प्रति हस्तक्षेप गरेको बिचार राखेका थिए ।

आजै महिला मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले माइतीघर मण्डलामा प्रधानन्यायधीशमाथि महाभियोग प्रस्ताव दर्ता गराएकोमा आपत्ति जनाए ।

24.93¡ÆC