स्थानिय निर्वाचन बिरोधी गतिविधि गर्ने बिप्लव माओवादीका २४ कार्यकर्ता पक्राउ

बैशाख २०, २०७४ मा प्रकाशित | 957 views

रुकुम ।

स्थानिय तहको निर्वाचनलाई अवरोध गर्ने नेकपा माओबादी पार्टि बिप्लब समूहका २४ नेताकार्यकर्तालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुकुमका पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, हिरामणि रावल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपक विष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओली लगायतका अन्य जिल्लास्तरीय नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला सेक्रेटरी बुढासहितका २४ जना नेता कार्यकर्तालाई आठविसकोट नगरपालिकाको राडीबजारबाट नियन्त्रणमा लिइएको थियो भने ओलीलाई खलंगाबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

निर्वाचन विरोधी गतिविधि बढेकाले आवश्यक अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको र प्रहरी कार्यालयमा राखिएको छ । राडीबजारको एउटा घरमा निर्वाचन विथोल्ने योजना निर्माण गरिरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

अन्य विभिन्न नामका अभियान, कार्यक्रमहरु गर्न अवरोध गरेको भन्दै डिएसपी जिसीले निर्वाचनलाई अवरोध गर्ने, मतदानका लागि नजान सर्वसाधारणलाई धम्क्याइएको, निर्वाचनमा खट्ने कर्मचारीलाई धम्की दिइरहेको तथा उम्मेदवादलाई पनि विभिन्न बहानामा धम्क्याउने गरेको सूचना पनि पाइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web