धादिङका मेयर तथा गाउँपालिका उमेद्वारहरु यस्ता छन्

बैशाख १९, २०७४ मा प्रकाशित | 950 views

धादिङ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि धादिङका प्रमुख दलहरुले आफ्नो उम्मेदवार दर्ता गराएका छन् ।

२ नगरपालिका र ११ गाउँपालिका सहित १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस,  नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नयाँ शक्ति, राप्रपा र केही व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

बाक्लो संख्यामा आफ्ना कार्यकर्ता सहित नगरापालिका तथा गाउँपालिकाको केन्द्रमा पुगी दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

नीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेले अर्जुन कुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार गंगादेववी श्रेष्ठ, नेपाली कांग्रेसका मेयर भीम ढुङगाना र उपमेयर कल्पना अधिकारी, एमाओवाली केन्द्रको मेयरमा शोभा डंगोल र उपमेयरमा मनराज भण्डारी, नयाँ शक्तिबाट मेयरमा केशव अधिकारी र उपमेयरमा अम्बिका अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै धुनीबेसी नगरपालिकामा नेकपा एमालेले मेयरमा बालकृष्ण आचार्य र उपमेयरमा निरु खरेल, काँग्रेसबाट मेयरमा माधवराज पाण्डे र उपमेयरमा अप्सरा कोइराला, माओवादी केन्द्रबाट मेयरमा दिपक लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । धादिङमा ११ गाउ पालीका र २ बटा नगरपालीकामा दलहरुले उम्मेदवारी दता गरेका छन ।

धादिङमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web