रामेछाप ।

आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि आज रामेछाप जिल्लाका सवै निर्वाचन कार्यालयहरुमा उमेद्वार हरुको मनोनयन शान्तिपुर्ण तरिकाले सकिएको छ । आ आफनोा निर्वाचन कार्यालयमा विहान १० वजेदेखि साँझ ५ वजे सम्मको समयावधि भित्र उमेद्वारहरु निर्वाचन कार्यालयमा पुगेर आ आफनो मनोनयन दर्ता गराएका थिए ।

मनोनयनलाई शान्तिपुर्ण वनाउने स्थानिय प्रशासनको तयारी र सवै निर्वाचन कार्यालय हरुको व्यवस्थापनका विच भएको मनोनयन दर्ता सोचे भन्दा निकै शान्तिपुर्ण र उत्साह वर्दक रहेको प्रमुख जिल्ला अधिकारी सुर्य वहादु खत्रीले जानकारी दिए । २ नगरपालीका र ६ गाउँपालीकाका लागि ८ वटा निर्वाचन कार्यालयमा एकै समय भएको मनोनयन दर्ताको क्रममा एकै समय पारेर पहिलो चरणमा नेपाली काँगेस,दोस्रो चरणमा नेकपा एमाले,तेस्रो चरणमा माओवादी केन्द र चौथो चरणमा राप्रपाका उमेद्वार हरुले एकै समय पारेर मनोनयन दर्ता गराएका थिए ।

उक्त प्रयोजनका लगि लागि सवै राजनितक दल र तिनका उमेद्वार हरु वाजागाजा सहित निर्वाचन कार्यालय पुृगेका थिए । उमेद्वार हरुको संख्या ठुलो भएको र साना राजनितिक पार्टि र कतिपय स्वतन्त्र उमेद्वारहरु समेतले मनोनयन प्र्रकृयामा सहभागि जनाएका थिए । मनोनयन पत्र दर्ता गराउने हरुमा मन्थली नगरपालीकामा नेका वाट मेयर पदमा विनोद कार्कि र उपमेयरमा गंगा कार्कि,एमालेवाट मेयर पदमा रमेश वस्नेत र मायाँ कार्कीै,माओवादी केन्द्रवाट मेयर पदमा तारानारायण श्रेष्ठ र उपमेयर पदमा रीता घिमीरे र राप्रपावाट मेयर पदमा रामचन्द्र कडेल र उपमेयर पदमा रीता माझिले मनोनयन दर्ता गराएका छन् ।

उता रामेछाप नगरपालीकामा पनि नेकावाट मेयर पदमा नर वहादुर थापा,उपमेयर पदमा सृजना खड्र्का,एमालेवाट रोसन पाख्रिन,उपमेयरमा शान्ता सापकोटा माओवादी केन्द्रवाट मेयर पदमा शिशीर खड्गी र उपमेयरमा ईन्दिरा वखे्रल र राप्रपा वाट मेयर पदमा सरस्वति श्रेष्ठ र उपमेयरमा सिताराम ढकाल रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

21.12¡ÆC