काठमाडौं ।

रिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूखमा संवैधानिक परिषदले दीप बस्न्यातलाई सिफारिस गरेको छ ।

महाअभियोग लाग्नुका साथै सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रातारात देश छोडेर लोकमानसिंह कार्की बिदेश पलायन भएपछि आयोग प्रमूख बिहिन छ ।

स्मरणीय छ संवैधानिक परिषदले नै कार्कीलाई अख्तियार प्रमूखमा सिफारिस गरेको थियो भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा काँग्रेस, एमाले सहित सबै दलले समर्थन गरेर अयोग्य कार्कीलाई अख्तियार प्रमूख बनाएका थिए ।

आयुक्तको रुपमा अख्तियारमा वरिष्ठतामा रहेका बस्न्यात निजामती सेवामा सचिवबाट अवकास पाएका व्यक्ति हुन् ।

भौतिक योजना मन्त्रालयको सचिव भएका बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्तका लागि सुनुवाई गर्न संसदीय सुनुवाई विशेष समितिमा पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ गाइघाटका बस्न्यात काठमाडौ महानगरपालिका वडा नम्बर ९ बत्तीसपुतलीमा बस्दै आएका छन् ।

बस्न्यातमाथि बिवादीत लोकमानसिंह कार्की प्रमूख आयुक्त हुँदा उनका अनैतिक काममा साथ दिएको, अख्तियारलाई त्यसपछि प्रभावकारी बनाउन नसकेको, ठूला भ्रष्टाचारका मुद्दा नहेरी साना भ्रष्टाचारका मुद्दा मात्र हेर्ने गरेको जस्ता आरोप लाग्दै आएको छ ।

18.16¡ÆC