गोपाल पराजुली कामु प्रधानन्यायाधिश भएपछि सिलवालको मुद्दा स्थगित

बैशाख १९, २०७४ मा प्रकाशित | 1226 views

काठमाडौं ।

प्रधानन्यायाधिश सुशीला कार्कीले फैसलाको मिति तोकेको डिआइजी नवराज सिलवालले मुदा कायम मुकायम प्रधानन्यायाधिशको जिम्मेवारी पाएका गोपाल पराजुलीले स्थगित गरेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिका क्रममा आफुलाई अन्याय भएको भन्दै दायर रिट आज सुनुवाई हुने कार्यतालिका रहेपनि प्रतिशोधपूर्ण ढंगले प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोग लागेपछि जिम्मेवारी पाएका पराजुली आएपछि मुद्दा स्थगित मात्र भएको छैन अब कहिले हुने भन्ने अनिश्चित समेत बन्न पुगेको छ ।

सर्वोच्च अदालतले सोमबार विश्व मजदुर दिवसका कारण विदा परेकोले कायममुकायम प्रधानन्यायधीश गोपाल पराजुलीको पहिलो कार्यदिनमा उक्त मुद्दाको सुनुवाई स्थगित भएको जनाएको छ ।

डिआइजी सिलवालकै पक्षधरता लिएको तथा कार्यकारीको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको जस्ता आधारहिन आरोप लगाउँदै नेपाली क‌ांग्रेस र माओवादीका २ सय ४९ जना सभासद्ले कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

तर हस्ताक्षर गरेका भनिएका सांसदहरुले आफ्ना हस्ताक्षर किर्ते भएको बताउन थालेका छन् ।

गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web