जनकपुर बम विस्फोटको पाँच वर्ष, सहिदहरुलाई श्रद्धाञ्जली

बैशाख १८, २०७४ मा प्रकाशित | 1080 views

जनकपुर ।

‘मिथिला प्रदेश' नामाकरणको माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शनमा पाँच वर्ष अघि रामानन्द चोकमा भएको बम विष्फोटमा परी ज्यान गुमाउने पाँच सहिदको सम्मानमा आज यहाँ श्रद्धाञ्जली सभा गरिएको छ ।

राखी मिथिला राज्य संघर्ष समितिको आह्वानमा २०६९ साल वैशाख १८ गते रामानन्द चोकमा भएको शान्तिपूर्ण धर्नामा गराइएको बम विष्फोटमा परीपाँच सर्वसाधारणको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

विष्फोटमा परी जनकपुर–८ वलवा टोलका ३५ वर्षिय विमल शरण, चर्चित अभिनेतृ रंजु झा, रिक्सा चालक तथा प्रचारक झगरु दास तथा जनकपुर–८ कै सुरेश उपाध्यायको सोही दिन मृत्यु भएको थियो भने दीपेन्द्र दासको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

विष्फोटमा परी संघर्ष समितिका संयोजक परमेश्वर कापडि, धीरेन्द्र मोहन झा, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीरा, रामानन्द युवा कमिटीका पूर्व अध्यक्ष रमेश ठाकुर, अध्यक्ष मनमोहन साह, देवू यादव सहितका व्यक्तिहरु घाइते भएका थिए ।

उक्त शक्तिशाली बम रिमोट कन्ट्रोल मार्फत विष्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको थियो ।

सप्तरीका जयप्रकाश देवलाई स्थानीय युवकहरुले रिमोटसहित पक्राउ गरे पछि घटना अनुसन्धानमा सजिलो भएको थियो । देवको सूचनाको आधारमा पछि महोत्तरीका जयप्रकाश साह पनि पक्राउ परेका थिए ।

घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति तथा तत्कालीन सशस्त्र समूह सञ्चालन गर्दै आएको अर्जुन सिंह भन्ने मुकेश चौधरीले लिएका थिए । हाल राजन मुक्ति तथा मुकेश चौधरी दुवै पुर्पक्षमा जेलमा छन् ।

पक्राउ परेका आरोपीहरुको बयानको आधारमा बम पड्काउने मूख्य योजनाकार तत्कालिन सांसद संजय कुमार साह पनि हाल जेलमा रहेका छन् ।

मिथिला सहिदहरुको पाँचौं पूण्य तिथिको अवसरमा सोमबार मिथिला राज्य संघर्ष समितिले बिहान आयोजन गरेको शोकसभालाई पूर्वमन्त्री यदुवंश झा, साहित्यकार रोशन जनकपुरी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, पूनम चौधरी तथा संघर्ष समितिका अध्यक्ष परमेश्वर कापडिलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

समितिका अध्यक्ष परमेश्वर कापडिले वर्तमान सरकारले संघीयताको ग्यारेन्टी गरे पनि प्रदेश नम्बर २ को नामाकरण मिथिला प्रदेशको रुपमा गरिनु पर्ने माग गरे ।

सयौं नागरिकले प्रदेश नम्वर २ को नाम मिथिलावासी नेपालीको अपनत्व र शहिदको सम्मान तथा नेपालको पहिचानको लागि समेत मिथिला प्रदेश हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web