काठमाडौं ।

प्रतिशोधकै कारण सत्ताधारी काँग्रेस माओवादीले महाअभियोग लगाएका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताउनुभएको छ ।

महाअभियोगका क्रममा पेस भएका आरोप सामना गर्न आफू तयार भन्दै कार्कीले भन्नुभयो ‘उहाँहरू यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्वसंकेत पाएकी थिएँ ।'

यसबारे संकेत दिन मसँग केही नेताले पटक–पटक भेट्न खोज्नुभएको रहेछ, तर भेट्नु उचित ठानिनँ । कार्कीले माओवादी केन्द्रका नेता तथा सभामुख ओनसरी घर्तीका श्रीमान् वर्षमान पुनले पटक–पटक भेट्न खोजेपनि भेट्न उचित नठानेर आफुले नभेटेको बताउनुभयो ।

केही मुद्दाको निरन्तर सुनुवाइका कारण धपेडी र तनाव बेहोरेको भन्दै उनले सुडान मुद्दा किनारा लगाएपछि अरू छिटफुट मुद्दा टुंग्याएर आराम गर्ने योजना पहिल्यै बनाएको बताउनुभयो ।

फेवातालको सरकारी जग्गा अतिक्रमण र त्यसमा भूमाफियाको चलखेलको मुद्दा समेत किनारा लगाउने तयारीमा रहनुभएकी कार्कीले एक महिना बाँकी छँदै प्रशासनिक काममा सीमित रहेर आराम गर्ने आफ्नो योजना बनाएपनि छोटो अवधि बाँकी रहेको अवस्थामा दर्ता भएको महाअभियोगप्रति आफ्नो कुनै गुनासो नभएको बताउनुभयो ।

आफुले इमानदारीपूर्वक काम गर्ने भन्दै कार्कीले बाँकी मूल्यांकन गर्ने जिम्मेवारी समाजको भएकाले जिम्मेवारीमुक्त भएकामा आफ्नो कुनै गुनासो नभएको बताउनुभयो ।

नेपालको राजनीतिक नेतृत्वले न्यायपालिकाको गरिमा र मर्म बुझ्न नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो-'अब त ममाथि मुद्दा लाग्यो, संसद्मा विचाराधीन मुद्दाको म प्रतिवादी हुँ. मैले जे भन्नुपर्ने हो, त्यहीँ आफ्नो कुरा राख्छु । अहिले धेरै नबोलौं होला ।’

20.28¡ÆC