काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरले सुरक्षा चेकजाँच नहुने भएकै कारण अवैध कारोवार गर्ने गरेको आशंका गरिएको छ ।

संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले भिआईपीमाथि शंका गर्दै सबैलाई अनिवार्य चेकिङको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सम्वन्धी अध्ययन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ठूलो परिणाममा सुन भित्रिएको र डलर बाहरिएको खुलासा भएपछि त्यहाँको सुरक्षा ब्यवस्थाबारे अध्ययन गरिएपछि अध्ययन हेरेर उपसमितिले यस्तो निर्देशन दिएको हो ।

समितिले विमानस्थल हँदै गरिने अवैध कारोबारमा भीआइपी प्यासेन्जरको पनि संलग्न हुन सक्ने भन्दै उनीहरुको पनि सुरक्षा जाँच गर्ने ब्यवस्था गर्न भनेको हो ।

केही हप्ताअघि नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन नै अवैध डलरसहित पक्राउ परेका थिए । उपसमितिले भिआइपी प्यासेन्जरलाई पूर्ण विश्वास गरी चेकिङ नगर्दा त्यस्तै अवैध सामान भित्रिन र बाहरिन सक्ने खतरा औंल्याएको छ ।

यस्तै उपसमितिले विमानस्थलभित्रको सीसी टिभी क्यामेराको संख्या र क्षमता बढाउन तथा सेन्जरको बिस्तृत सुचना राख्ने सफ्टवेयर प्रयोग गर्न पनि सुझाव दिएको छ ।

यस्तै एक्सरे भइसकेका ब्यागेजलाई पनि पुन एक्सरे गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

यस्तै उपसमितिले लोडरहरु करारमा नियुक्त गर्ने प्रावधान नराख्न पनि सुझाव दिएको छ ।

14.93¡ÆC