भारतीय आइटी इञ्जिनियर कल बाइपासमा संलग्न

बैशाख १८, २०७४ मा प्रकाशित | 841 views

झापा ।

नेपाल प्रहरीले कल बाइपासमा संलग्न भारतीय आइटी इञ्जिनियरलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार राति झापाको दमकबाट भारत कलकत्ता स्थायी घर भएका २५ वर्षीय अमन सिंहलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, दमकले विशेष सुराकीको आधारमा कलबाइपास गरिरहेको स्थानबाट सिंहलाई पक्राउ गरेको हो ।

भारतीय नागरिक सिंह दुई महिना अघिदेखि दमकका मनीष लिम्बुको घरको कोठा भाडामा लिएर अबैध कलबाइपास गर्दै आएको बुझिएको छ ।

सिंहको कोठाबाट प्रहरीले ठूलो परिणाममा एनसेल र एनटीसीको सिम तथा रिचार्ज कार्डसमेत बरामद गरेको छ ।

उनको कोठाबाट कल बाइपासमा प्रयोग हुने व्याट्री, ईन्भटर, ४७ थान एनटिसीको सिमकार्ड, १ सय ३० थान एनसेलको सिमकार्ड र थुप्रै रिचार्ज कार्ड बरामद गरेको छ ।

अवैध धन्दा गर्दै आएका भारतीयलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web