नेपाली मारेर भारतले ८ बर्षपछि स्विकार्यो, क्षतिपुर्ती ५ लाख

बैशाख १६, २०७४ मा प्रकाशित | 1108 views

बैशाख ।

निसस्त्र सर्वसाधारण नेपाली जनतालाई मारेको भारतले आठ बर्षपछि नेपाली मारेको कवुल गर्दै क्षतिपुर्तीको नाममा पाँच लाख दिने भएको छ ।

नेपाली सिमा मिच्ने तथा सिमाका नेपालीमाथि ज्यादती गर्दै आएको भारतीय सीमा सुरक्षा बल ९एसएसवी० का जवानले प्रहार गरेको गोली लागेर आठ बर्ष अघि बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको मृत्यु भएको थियो ।

२०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो । तर भारतले अहिलेसम्म आफुले गोली नचलाएको र उनको एसएसबीको गोली लागेर मृत्यु नभएको झुठो दाबी गर्दै पन्छिँदै आएको थियो ।

जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीका जवानले पैसा माग्दा यादवले नदिएपछि एसएसकीले कुटपीट गरेको थियो । एसएसबीको कुटपीटपछि प्रतिकारमा उत्रिएका यादवलाई एसएसबीले गोली हानेर हत्या गरेको थियो ।

निर्दोष नेपालीको हत्या गरेको भारतले नेपालले हत्यामा भारत दोसी रहेको भन्दै क्षमा माग्दै यस्ता घटना नदोहोर्याउन र क्षतिपुर्ती दिन भनेपनि भारतले अहिलेसम्म अस्विकार गर्दै आएकोमा अहिले आएर आठ बर्षपछि हत्या स्विकार्दै पाँच लाख भारतीय रुपैयाँ क्षतिपुर्ती दिने प्रतिवद्धता जनाएको छ ।

एसएबीले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्र पठाएर मृतक यादवलाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको जानकारी दिएको छ । यद्यपी अहिलेसम्म रकम पिडित परिवारले नपाएको र कहिलेसम्म पाउने भन्नेबारे केही बताएको छैन ।

स्मरणीय छ भारतीय एसएसबीको ज्यादतीको बिरुद्ध सिमा बचाउन बिरोधमा उत्रंदा कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेको छ ।

अहिलेसम्म गौतम हत्याको जिम्मेवारी नलिएको भारतले क्षतीपुर्तीको समेत कुनै कुरा गरेको छैन ।

चौतर्फी बिरोधपछि भने नेपाल सरकारले गौतमलाई शहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ती उपलब्ध गराएको छ । तर एसएसबीको गोली लागेर मृत्यु भएका बाराका मुकुन्द राय यादवलाई भने अझैसम्म सरकारले शहिद घोषणा गरेको छैन ।

जापानका नेपालीले गरे शहिद गोविन्द गौतम परिवारलाई आर्थिक सहयोग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web