अदालतले हत्यारा ठहर गरेका ढुंगेललाई रामहरीले भेटे प्रचण्ड सरकारले भेटेन

बैशाख १५, २०७४ मा प्रकाशित | 1555 views

काठमाडौं ।

व्यक्ति हत्यामा दोसी ठहर भएका बालकृष्ण ढुंगेललाई हप्तादिन भित्र पक्रन सर्वोच्च अदालतले दिएको आदेशलाई लत्याउँदै पुष्पकमल दाहाल प्रचण्ड सरकारले उनलाई पक्रन भनेको मिति गुजारिदिएको छ ।

बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई लिखित निर्देशन दिएपनि सरकारले यसमा चासो नदिंदा र प्रहरीले सक्रियता नदेखाउँदा ढुंगेललाई पक्राउ गर्नुपर्ने समय गुजारिदिएको छ ।

चैत ३१ मा सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको थियो ।

अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो । सर्वोच्चले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

सर्वोच्चको आदेशपछि बल्ल १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए ।

उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए । तर ढुंगेल पक्राउ परेका छैनन् ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले अभियुक्त पक्राउ गर्न प्रयास जारी राखिएको बताए । उनले ढुंगेल कहाँ छन् भन्नेबारे कुनै सुराक नआएको बताउँदै पहल जारी रहेको रडिमेड उत्तर दिएका छन् ।

हत्यारा ढुंगेललाई रामहरी खतीवडाले भेटे प्रचण्डले भेटेनन्

हत्या दोसी भएर फरार सुची रहेका ढुंगेल ओखलढुंगामा विभिन्न कार्यक्रममा उपस्थित हुनेगर्छन् ।

ढुंगेल जिल्लाको धार्मिक देखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको राजनीतिक कार्यक्रममा समेत उपस्थित हुन्छन् ।

केही अघि मात्र काँग्रेसका युवा नेतामा गनिने रामहरी खतिवडा फरार हत्यारा बालकृष्ण ढुंगेलसँगै कुम जोडेर हाँस्दै र अंकमाल गर्दै एउटै कार्यक्रममा भेटिएका थिए ।

ओखलढुंगाको गाम्नाङटार गाविस वडानंबर ४ खरबारीटोलमा भट्टराई परिवारले लगाएको सप्ताह पुजाका पाहुना बनेर खतिवडा र ढुंगेल पुगेका हुन् ।

फरकफरक पार्टी भएपनि दुवैजनाले एकअर्काको तारिफ गरेका थिए भने प्रसाद खाएर अंकमाल गर्दै हात मिलाएर दुईजना छुट्टीएका थिए ।

स्मरणीय छ भेटका क्रममा खतिवडाले फरार हत्या अभियुक्त ढुंगेलको गुणगान गाउँदै भनेका थिए ‘आदरणीय नेतासँग भेट हुन पाउनु निकै खुसीको कुरा हो, उहाँको दिर्घायु र सुस्वास्थ्यको कामना गर्न चाहान्छु’

सोही कार्यक्रममा परार हत्या अभियुक्त ढुंगेलले ‘गणतन्त्रको लागि लडेको म एउटा योद्धा र गणतन्त्रकै लागेको अर्को योद्धा रामहरी जी लाइ भेट्दा निकै खुसी लागेको छ, हामीहरु मिल्ने मित्र हौ’ भनेका थिए ।

बाबुरामका प्यारा ढुंगेल प्रचण्डका विश्वास पात्र

सांसद अघि नेकपा माओवादीको केन्द्रिय सदस्य बनाउन बालकृष्ण ढुंगेललाई नयाँ शक्ति पार्टीका प्रमूख बाबुराम भट्टराईले ठूलो गुन लगाएका छन् ।

भट्टराईकै आशिर्वाद र सिफारिसमा पुष्पकमल दाहालले ढुंगेललाई केन्द्रिय सदस्य बनाएका थिए ।

एमाओवादीबाट सार्वजनिक गरिएको नयाँ केन्द्रीय सदस्यको सूचीमा नेपाल प्रहरीले मोस्टवान्टेड सूचीमा राखेको ढुंगेल परेका थिए ।

ढुंगेल  २०५५ साल असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका व्यक्ति भएपनि भट्राईको प्रिय पात्र बनेका ढुंगेल अन्य बरिष्ठलाई उछिन्दै केन्द्रिय सदस्य बनेका थिए ।

ढुंगेललाई भट्टराईको सिफारिसमा केन्द्रिय सदस्य बनाइएपनि पार्टि छाडेर नयाँ दल खोलेपछि प्रचण्डसँगै रहेका ढुंगेल उनका समेत विश्वासपात्र बन्न पुगेका थिए । त्यसैले पनि एमाओवादीले राजनीतिक रुपमा पश्रय दिएर उनलाई लुकाएको आम ठम्याइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web