३० तारिख राजु लामा कन्सर्टमा उपस्थितिको लागि काभ्रेली अगुवाहरुको अनुरोध (भिडियो सहित)

बैशाख १२, २०७४ मा प्रकाशित | 3665 views

टोकियो ।

यही अप्रिल ३० तारिखका दिन जापानको राजधानी टोकियोमा हुन लागेको लोकप्रिय गायक राजु लामाको कन्सर्टमा उपस्थितिको लागि जापानमा रहेका काभ्रेली अगुवाहरुले सबैमा अनुरोध गरेका छन् ।

आयोजक काभ्रेली समाजले गायक राजु लामा लाईभ कन्सर्टको सम्पूर्ण तयारी सकिएको बताइरहँदा काभ्रेली अगुवाहरुले भने भिडियो सन्देश मार्फत सामाजिक सहयोगार्थ आयोजित मनोरन्जनात्मक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुसँग अनुरोध गरेका छन् ।

जापानका युवा व्यवसायि तथा सपना ग्रुपका प्रमूख भुवन अधिकारीले भिडियो सन्देश मार्फत सडक बालबालिकाको सहयोगार्थ आयोजित मनोरञ्जनात्मक कार्यक्रममा उपस्थिति भइदिन सबै संघसंस्था तथा व्यक्तिहरुलाई अनुरोध गर्नुभएको छ ।

काभ्रेली समाज जापानका संरक्षक समेत रहनुभएका अधिकारीे जापानमा हुने गरेका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा सबै संघसंस्था र व्यक्तिहरुले हातेमालो गरि कार्यक्रम सफल बनाउँदै आएको स्मरण गर्दै काभ्रेली समाजले पहिलो पटक सामाजिक हितको लागि मनोरञ्जनात्मक तवरले गर्न लागिएको कार्यक्रम सफल बनाउन साथ, सहयोग र उपस्थित भइदिन आग्रह गर्नुभएको छ ।

यसैगरि संस्थाका अर्का संरक्षक कपिलदेव थापाले भिडियो सन्देश मार्फत नै काभ्रेका विभिन्न विद्यालयमा लाईब्रेरी निर्माण तथा बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको लागि सहयोग गरिने भएकाले काभ्रेली समाजको पवित्र काममा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

यस्तै काभ्रेली समाज जापानका प्रमूख सल्लाहकार हवल चन्द्र लामाले मनोरन्जनसँगै सामाजिक सेवाका लागि कार्यक्रम गर्न लागिएकोले राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा अप्रिल ३० तारिख अपरान्ह ४ बजेबाट सुरु हुने कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्न जापाननिवासी सबै नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।

टोकियोमा राजु लामा कन्सर्टको तयारी अन्तिम चरणमा, उपस्थितिको लागि अनुरोध

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web