भोजपुर ।

धुम्रपान तथा सूर्तिजन्य सामाग्री सेवन गर्ने नेतालाई स्थानिय तहको निर्वाचनमा टिकट नदिन न्यायशिल असल शासन क्लव भोजपुरले जिल्लामा क्रियाशिल राजनीतिक दलसँग आग्रह गरेको छ ।

जिल्लामा रहेका राजनीतिक दलका कार्यालयहरुमा समेत धुम्रपान निषेधित क्षेत्र लेखिएको बोर्ड राख्न र धुम्रपान तथा सूर्तिजन्य सामाग्रीहरु सेवन गर्ने नेतालाई निर्वाचनको टिकट नदिन पार्टीहरुलाई ध्यानाकर्षण गरिएको क्लव तथा स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणका लागि जिल्ला सञ्जालका अध्यक्ष फबिन्द्र प्रधानले बताए ।

सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ कार्यान्वयनको लागि रानीतिक दलहरुलाई समेत खवरदारी गर्न र जनताको स्वास्थ्य अधिकारको सम्मानका लागि जिल्लामा यो अभियान शुरु गरिएको प्रधानको भनाई रहेको छ ।

जिल्लामा क्रियाशिल रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ध्यानाकर्षण पत्र समेत बुझाइएको न्यायशील असल शासन क्लवले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, भोजपुरको आयोजना तथा स्वास्थ्य अधिकार सूर्ति नियन्त्रण जिल्ला सञ्जालसंगको सहकार्यमा नसर्ने रोग र सूर्तिजन्य पदार्थ विरुद्धको जनचेतना अभियान अन्तर्गत भोजपुर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २८ जना छात्रछात्राहरुलाई सूर्तिजन्य पदार्थ प्रयोगबाट हुने असरहरु र नसर्ने रोगहरुबाट मानव जीवनमा पर्ने असरहरुबारे भिडियो डकुमेन्ट्रीहरु समेत देखाई जानकारी गराइएको छ ।

20.12¡ÆC