काठमाडौं ।

सर्वोच्च अदालतले नेपाल प्रहरीले पक्राउ गरेका आफ्नै डीआईजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ ।

कागजात किर्ते गरेको आरोपमा भइरहेको छानविनमा सहयोग नगरेको भन्दै प्रहरीले बिहान पक्राउ गरेपछि आजै अदालतले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले सिलवालका कानुनी अधिवक्ताको काम गरिरहेका शम्भु थापाको जमानीमा आजै छोड्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।

सर्वोच्चले अदालतका रजिस्टारको रोहबरमा सिलवाललाई छाड्न समेत भनेको छ ।

यसअघि प्रहरीले पक्राउ गरेपछि सिलवालले आफुसँग मौन रहन पाउने अधिकार रहेको भन्दै क्यामेराको अगाडी राखेर बयान दिन अस्विकार गरिएको खवर बाहिर आएको थियो ।

डीआईजी नवराज सिलवाल पक्राउ

17.17¡ÆC