चितवन ।

चितवनको ईच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङमा आज दुई वटा ट्रक एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन ।

चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले दिएको जानकारी अनुसार विहान ६ः३० बजेको समयमा मुग्लिनबाट काठमाडौ जाँदै गरेको बा २ ख १९५८ नम्बरको ट्रक र विपरित दिशाबाट आईरहेको ना ५ ख ९१९० नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

ठक्करबाट १९५८ नम्बरका चालकको घटनास्थलमै मृत्यु भएको र उनको पहिचान नखुलेको श्रेष्ठले जानकारी दिनुभयो ।

उनी गाडी मै च्यापिएको अबस्थामा रहेकाले शव निकाल्ने प्रयास जारी रहेको प्रहरीको भनाई छ ।

न ५ ख ९१९० नम्बरको ट्रकका चालक सहित पाँचजना घाईते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अहिले सो क्षेत्रमा सवारी एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ

21.09¡ÆC