१८ बुँदे माग पुरा नगरे आन्दोलनमा जानें चेतावनी

बैशाख १०, २०७४ मा प्रकाशित | 806 views

सर्लाही ।

सर्लाहीको बरहथवा नगरपालिका स्थित प्राथमिक स्वास्थ केन्द्रमा नागरिक अगुवाहरुले छड्के अन्वेषण गरेका छन् । स्थानिय आम नागरिक अगुवाहरुद्वारा १८ बुँदे माग सहित बरहथवा प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज सत्यनरायण यादवलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा अस्पतालका उपकरण ठिक गर्ने, सरसफाई नियमित रुपमा गराउने, प्रसुती सेवा प्रभावकारी बनाउने, नागरिक वडापत्र सबैले देख्ने गरि राख्नु पर्ने, सैयाको राम्रो व्यवस्था गर्नुपर्ने,  सुपथ मूल्यको औषधी पसल व्यस्थापन गर्नुपर्ने, कर्मचारी समयमा आउने र जाने गर्नुपर्ने लगायतका मागहरु राखेर १० दिनका अल्टिमेटम दिएर सुधार गर्नको लागि नागरिक अगुवाका प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web