कागबेनीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बैशाख ९, २०७४ मा प्रकाशित | 958 views

मुस्ताङ ।

मुस्ताङको कागबेनीमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मुक्तिनाथ दर्शन गरेर जोमसोमतर्फ फर्कदै गरेको तीर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

दुर्घटनामा काठमाडौंका ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल, लतितपुरकी ४५ वर्षीया लीला खड्का, ७० वर्षीया कान्ति खड्का र भक्तपुरकी सीता तिमिल्सिनाको मृत्यु भएको प्रहरी नायब उपरीषक हरिहर योगीले बताउनुभयो ।

गम्भीर अवस्थामा रहेका १२ जना घाइतेलाई जोमसोम अस्पतालमा प्राथमिक उपचार गरी नेपाली सेनाको हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web