चितवन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउँसो झडप हुँदा छजना घाइते भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन् ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

16.92¡ÆC