अरुण नदीमा बनेको ताल क्रमशः घट्दै, संकट टर्यो

संखुवासभा ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सीला गोलामा बरुण नदीबाट आएको बाढीले अरुण नदी थुनिएर बनेको ताल क्रमशः घ्टदै गएको छ ।

नदी क्रमशः आफ्नो बहावमा फर्किएको र करिब सत्तरी प्रतिशत पानी बगिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

पानी क्रमशः आफ्नो बहावमा फर्किएकोले बाँध फुट्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

उहाँले उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको र विस्थापितहरुलाई तत्काल राहत समेत वितरण गरिएको बताउनुभयो ।

हिजो दिउँसो ४ बजेतिर बरुण नदीमा आएका ढुंगा, गिटी, बोटविरुवाले अरुण नदी छेकेपछि नदीमा ताल बनेको थियो ।

आजै गृह मन्त्रालयका तर्फबाट गएको प्रारम्भिक टोलीले हेलिकोप्टरबाट त्यस क्षेत्रको अनुमगन गरेको छ ।

टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेना लगायतका प्रतिनिधिले स्थलगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया

TOP