दाङमा चैते धान ९५ हेक्टरमा रोपाई

बैशाख ८, २०७४ मा प्रकाशित | 959 views

दाङ ।

दाङमा यस वर्ष चैते धान ९५ हेक्टर जमिनमा रोपाई भएको छ ।

सिचाईको सुविधा भएका दाङ र देउखुरी उपत्यकाका विभिन्न स्थानहरुमा गरी गत वर्षको भन्दा झण्डै १५ हेक्टर बढी ९५ हेक्टर जमिनमा चैते धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।

सिचाईको सुविधा भएका स्थानहरुमा दुई बाली धान खेतीका माध्यमबाट धानकोउत्पादन बृद्धि गर्ने उद्देश्यका साथ गत वर्षदेखि सञ्चालन भएको कार्यक्रम अन्तरगत दाङमा गतवर्ष ८० हेक्टर जनिममा चैते धान रोपाईभएको थियो ।

दुई सिजनमा धान खेती गर्दा घरको आर्थिक अवस्था सुधारसँगै चैते धान रोपाईँ गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप प्रतिहेक्टरपाँच हजार रुपैयाँ कार्यालयले अनुदान दिने गरेको छ ।

यो ब्यबस्था संगै सिचाईको व्यवसथा भएका स्थानहरुमा चैत धान रोप्ने किसानहरु बढेको जिल्ला कृषि विकास कार्यालय दाङका माटोविज्ञ दिगम्बर यादवले बताउनुभयो ।

यस वर्ष भबैभन्दा धेरै चैते धान देउखुरी बेलाको गुरुङखोलाका किसानहरुले २२ हेक्टर जमिनमा रोपाई गरेको माटोविज्ञ यादवले बताउनुभयो ।

उहाँका अनुसार देउखुरीकै रङसिङ खोलामा १२ हेक्टर, गढवामा साढे ११ हेक्टर, मुलाबारी र हाँसिपुरमा २४ हेक्टर, गहतेरामा ११ हेक्टर, पुरन्धारामा १३ हेक्टर र डुरुवामा पाँच हेक्टर गरी ९५ हेक्टर जमिनमा चैते धान रोपाई भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web