बाग्लुङमा बस दुर्घटना हुदा १५ जना घाईते

बैशाख ४, २०७४ मा प्रकाशित | 846 views

बाग्लुङ ।
काठेखोला गाउँपालिका वडा नं। ५ स्थित जुकोपानिमा आज बिहान यात्रुबहाक बस दुर्घटना हुदा १५ जना घाईते भएका छन् । घाईते मध्य ३ को अवस्था गम्भिर रहेको छ ।

काठमाण्डौंबाट बुर्तिबाङ तर्फ जाँदै गरेको ना ६ ख २०६० नम्बरको बस आज बिहान ७ बजे तिर दुर्घटनामा परेको स्थानिय रामशरण पोखरेलले जानकारी दिनुभयो । बस अचानक सडक बाट ४० मिटर तल खसेको थियो ।

घाईतेलाई उपचारका लागि धौलागिरी अंचल अस्पताल बागलुङ्ग ल्याईदै छ र बस चालकलाई भने नियन्त्रणमा लिएको धम्जा प्रहरीचौका प्रमुख रामजी तिवारीले जानकारी दिनुभयो । घटनाको अन्य बिबरण भने आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web